आफ्नो भूभागमा आक्रमण गरे प्रत्यक्ष आक्रमण गर्ने इरानलाई इजरायलको धम्की
ratopati.com · Wed Apr 10 15:18:00 UTC 2024

जेरुसेलम । इजरायलका विदेशमन्त्रीले बुधबार इरानले इजरायलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबिच तनाव बढेको छ ।
विदेशमन्त्री इजरायल काट्जले फारसी र हिब्रू दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, “यदि इरानले हाम्रो क्षेत्रमा हमला गर्यो भने इजरायलले जवाफ दिनेछ र इरानमाथि आक्रमण गर्नेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)