लामो बिदापछि सर्वोच्च फर्किन् न्यायाधीश मल्ल
lokaantar.com

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लामो बिदापछि सोमबार सर्वोच्च अदालतमा फर्किएकी छिन् ।
गत जेठ ७ गतेदेखि बिदामा बसेकी उनी आज इजलासमा फर्किएकी हुन् । आज उनको एकल इजलाससँगै न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलास पनि तोकिएको छ ।
वरिष्ठताको आधारमा उनी नै प्रधानन्यायाधीश हुनुपर्नेमा चौथो नम्बरका डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि उनी असन्तुष्ट बनेकी थिइन् ।
जेठ ६ गते प्रधानन्यायाधीशको रूपमा नियुक्त भएर शर्मा कार्यभार सम्हाल्न सर्वोच्च पुग्दा मल्ल अनुपस्थित भएकी थिइन् ।
उनले केही महिना कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गरेकी थिइन् ।
अब उनी वरिष्ठतम न्यायाधीशको रूपमा काम गर्न फर्किएकी हुन् । कतिपयले मल्लले राजीनामा दिने भन्ने आकलन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
सपना प्रधान मल्ल