अध्यादेशको खेती: प्रणालीमाथि गम्भीर घात
rajdhanidaily.com · Thu Aug 19 00:25:15 GMT 2021
शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल फुटाउन ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार जारी भएको छ । संविधानले मुलुकमा आइपर्ने असाधारण र अत्यावश्यक अवस्थामा मात्रै अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको छ । तर, हामीकहाँ संविधानको यो मर्ममाथि कुठाराघात गर्दै शासकहरूले बारम्वार आफ्नो स्वार्थअनुसार अध्यादेश जारी गर्ने गरेका छन् । यसकै निरन्तरताका रूपमा वर्तमान सरकारले नागरिकलाई कुनै सरोकार नभएको तर शासन सञ्चालन गर्ने केही स्वार्थी तŒवको हितका लागि यो अध्यादेश ल्याएको छ । त्यसैले कानुनविद्हरूले समेत यो अध्यादेशलाई संविधानमाथिको जालसाजीका रूपमा अथ्र्र्याएका छन् ।
जनताको सार्वभौम अधिकारको अभ्यास गर्ने महŒवपूर्ण थलोका रूपमा रहेको प्रतिनिधि सभा बैठक चलिरहेको अवस्थामा त्यसलाई हठात् बन्द गर्दै अध्यादेश ल्याउनुले सरकारको निरकुंश शैली उदांगो पारिदिएको छ । विगतमा ओली नेतृत्वको सरकारले त्यस्तै प्रकृतिको अध्यादेश ल्याउँदा प्रतिगमन भयो भन्दै तीन बित्ता उफ्रने कथित नेताहरू संलग्न रहेको सरकारले नै अहिले फेरि त्यस्तै प्रकृतिको अध्यादेश ल्याउनु घोर विडम्बना भएको छ । हिजोको दिनमा राजनीतिमा नैतिकता, विधि र पद्धतिको कुरा उठाउनेहरूबाटै आज कथित अध्यादेश ल्याएर संविधानमाथि आक्रमण गरिएको छ । संविधानमाथिको यो आक्रमणले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा समेत गम्भीर धक्का लाग्ने निश्चित छ । हुन त हाम्रा शासकलाई शासन प्रणालीको हित र जनताको समृद्धिबारे ठन्डा दिमागले सोच्ने फुर्सद कहिल्यै पनि छैन । अहिले त अग्रगमनको नाममा ‘काले काले मिलेर खाउ भाले’ भन्ने सिद्धान्तबाट दिक्षितहरूले नै शासनको बागडोर सम्हालिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)