आर्थिक वृद्धि र वित्तीय स्थिरतामाथि बहस गर्न राष्ट्र बैंकको अन्तर्राष्ट्रिय सम्मेलन, ३१ जनवरीसम्म शोधपत्र आह्वान
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी २ र ३ अप्रिल २०२७ मा काठमाडौंमा चौथो अन्तर्राष्ट्रिय अर्थशास्त्र तथा वित्त सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनका लागि राष्ट्र बैंकले अनुसन्धानकर्तालाई आफ्नो शोधपत्र पेस गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार सम्मेलनको मुख्य विषय ‘आर्थिक वृद्धि र समष्टिगत वित्तीय स्थिरता : जोखिम तथा चुनौती’ रहेको छ। अर्थशास्त्र तथा वित्तसँग सम्बन्धित नीति निर्माता, व्यवसायी, अनुसन्धानकर्ता तथा विज्ञलाई एउटै मञ्चमा ल्याएर आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)