बायर्नका व्यवस्थापक नागेल्समन बर्खास्त
ekantipur.com · Fri Mar 24 00:57:19 GMT 2023
बायर्न — जर्मन बुंडेसलिगा क्लब बायर्न म्युनिकले शुक्रबार आफ्ना व्यवस्थापक जुलियन नागेल्समनलाई बर्खास्त गरेको छ । उत्कृष्ट प्रदर्शनका लागि संघर्ष गरिरहेको बायर्नले प्रशिक्षकलाई हटाउने निर्णय गरेको हो ।
उनको स्थानमा चेल्सी तथा बोरुसिया डर्टमुन्डका पूर्वप्रशिक्षक थोसम टुचेल आउने सम्भावना रहेको छ । लय गुमाएको बायर्न बुंडेसलिगाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको डर्टमुन्डभन्दा बार्यन एक अंकले पछाडि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)