बेपत्ता नागरिकको मृत्यु दर्ता सहज बनाउन दुईवटा ऐन संशोधन गरिँदैछ : गृह सचिव शर्मा
ratopati.com · Tue Oct 06 05:27:22 GMT 2026

काठमाडौँ । गृह सचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी विपद्का कारण बेपत्ता भएका नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानुनी मान्यता दिन दुईवटा ऐन संशोधनको प्रस्ताव अघि बढाइएको बताएका छन्।
सिंहदरबारमा मंगलबार बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै गृह सचिव शर्माले विपद्बाट भएको क्षति अभूतपूर्व रहेको र त्यसलाई सम्बोधन गर्न सरकारले खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)