सेवा निर्यातकर्ताको डलर कार्ड सीमा दोब्बर, बैंकलाई विदेशमा लगानी गर्ने सीमा बढ्यो
arthasansar.com · Tue Oct 06 05:32:53 GMT 2026

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्थालाई थप सहज बनाउँदै ‘विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८२’ मा महत्वपूर्ण संशोधन गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गरेको संशोधनले विदेशमा स्वास्थ्य उपचार गर्ने नेपालीदेखि सूचना प्रविधि तथा अनलाइन सेवा निर्यातकर्ता, नेपाली वायुसेवा कम्पनी, दूरसञ्चार सेवा प्रदायक, आयातकर्ता तथा पर्यटन व्यवसायीसम्मलाई विदेशी मुद्रा भुक्तानी र सटहीमा थप सुविधा दिएको छ।
संशोधित व्यवस्थाअनुसार विदेशमा स्वास्थ्य उपचार गराउन जाने नेपाली नागरिकले उपचार तथा आवश्यक औषधि र उपचारजन्य उपकरण खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्ने वार्षिक विदेशी मुद्रा सटही सुविधा दोब्बर भएको छ। यसअघि यस्तो सुविधा अधिकतम १५ हजार अमेरिकी डलरसम्म रहेकोमा अब ३० हजार अमेरिकी डलरसम्म सटही सुविधा लिन सकिने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)