मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौलिक भजनः कतै पुस्तान्तरण, कतै सङ्कटमा

reportersnepal.com · Tue Oct 06 05:34:36 GMT 2026

बनेपा (काभ्रे), २० असोज। साँझ ढल्किँदै गर्दा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीका पुराना गल्लीमा परम्परागत बाजाका धुन गुञ्जिन थाल्छन् । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिना अर्थात् चतुर्मासमा यहाँका टोल–टोलमा धार्मिक तथा सांस्कृतिक रौनक देखिन्छ । साँझ परेपछि स्थानीयवासी भेला हुन्छन्, बाजागाजा बज्छन् र पुस्तौँदेखि चलिआएका भजनका धुनले पुराना बस्तीलाई जीवन्त बनाउँछन् । तर, पनौतीसँगै जोडिएको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरतर्फ पुग्दा दृश्य फरक देखिन्छ । त्यहाँका आँगनमा पहिलेझैँ भजनका समूह भेटिँदैनन् ।

पुराना मन्दिरका पर्खाल उभिएकै छन्, गुठीका परम्परा पनि कायमै छन्, तर ती मन्दिरमा गुञ्जिने कतिपय पुराना भजनका स्वर भने क्रमशः हराउँदै गएका छन् । काभ्रेपलाञ्चोकका मौलिक भजन परम्पराले अहिले यस्तै दुई फरक अवस्था देखाइरहेका छन् । कतै नयाँ पुस्ताको सहभागिताले पुरानो परम्परालाई निरन्तरता दिने आशा देखिएको छ भने कतै पुस्तान्तरणको अभावमा भजन परम्परा नै लोप हुने अवस्थामा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)