भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा दुईवटा टाटा पन्च ईभी जित्ने अवसर
ratopati.com · Tue Oct 06 05:35:12 GMT 2026

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेका छन् । योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने ग्राहकले दुईवटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन् ।
योजनाअनुसार भाटभटेनीका देशभरका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदको बिलका आधारमा योजनामा सहभागी हुने ग्राहकबाट लक्की ड्रमार्फत एक जना विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी प्रदान गरिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)