हिउँ पन्छाएपछि खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग
ratopati.com · Tue Oct 06 05:48:55 GMT 2026

मुस्ताङ। अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो ।
लमजुङको बेँसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरु थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन् । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छ्याएर पदयात्रा सहज पारिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)