मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नगरक्षेत्रका बस्तीमा पसे काला बाँदर

gorkhapatraonline.com · Tue Oct 06 05:52:09 GMT 2026

राजविराज नगरक्षेत्रमा पछिल्लो समय बाँदर देखिन थालेपछि बालबालिका त्रसित बनेका छन् । एक÷दुई वटा तथा चार वटासम्मको समूहमा देखिने बाँदर घरका छत, पानी ट्याङ्की, पसल, मन्दि र तथा सडकआसपास पुग्ने गरेका छन् । राजविराज–२ का चन्दन यादवका अनुसार पछिल्लो हप्ता वडा नं. २, ९ लगायत नगरका विभिन्न स्थानमा कालो अनुहार भएका ठुला बाँदर देखिएका छन् । सडकमा बाँदर देखिएपछि बालबालिका डराउने र बाटो काट्नसमेत हिचकिचाउने गरेको उहाँले बताउनुभयो ।

राजविराजका अधिवक्ता हेमनारायण चौधरीको घरको छतमा केही दिनअघि ठुलो बाँदर आएर बसेको थियो । उहाँले बाँदरलाई धपाउन खोज्दा माथिल्लो तलाको पानी ट्याङ्कीमा गएर बसेको र पटक पटक धपाउँदा पनि नभागेको बताउनुभयो । केही समयपछि भने बाँदर आफैँ त्यहाँबाट गएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)