सिक्लेस हाइड्रोपावरद्वारा लाभांश घोषणा, कति छ बोनस र नगद ?
arthasansar.com · Tue Oct 06 05:50:51 GMT 2026

सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले १२.७०६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६६९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)