मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिनाथमा सुरक्षा व्यवस्था कडा गर्न माग

ratopati.com · Tue Oct 06 05:57:24 GMT 2026

काठमाडौँ । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न माग गरेको छ।

परिषद्को मठ–मन्दिर, अर्चक, पुरोहित विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा पशुपतिनाथ मन्दिरमा परम्परादेखि हिन्दु धर्मावलम्बीबाहेक अन्यलाई गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको उल्लेख छ। यस्तो व्यवस्था कुनै समुदायप्रति विभेद गर्ने उद्देश्यले नभई मन्दिरको धार्मिक परम्परा, आस्था, संस्कार र विशिष्ट पूजा पद्धतिको संरक्षणका लागि कायम गरिएको परिषद्को भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)