पम्पको पानीले रोपाइँ गर्दै किसान
ratopati.com · Fri Jun 30 22:19:00 GMT 2023
बारा । जीतपुर सिमरा उपमहानगर–१२, फत्तेपुरका पन्चुलाल चौधरीले शुक्रबार रोपाइँ गरेका छन् । गत वर्ष असारको पहिलो साता रोपाइँ सकेका चौधरीले यसपाली समयमै वर्षा नहुँदा पम्पको पानीले रोपाइँ गरेका हुन् ।
पानी नपर्दा समयमै बिउ राख्न नपाएर रोपाइँ पनि ढिलो भएको चौधरी बताउँछन् । ‘एउटा खेतालाको ४ घण्टाको ४ सय रुपैयाँ, ट्रयाक्टरबाट जोताई १ हजार ८ सय प्रतिघण्टाको छ, खेती गर्न धेरै महँगो छ । किसानलाई धेरै समस्या छ,’ चौधरीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)