चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई जनाले नयाँ टाटा पञ्च ईभी जित्ने अवसर
nepalsamaya.com · Tue Oct 06 06:00:42 GMT 2026

काठमाडौं- देशकै ठूलो सुपरमार्केट भाटभटेनी र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन्। यस योजनाअनुसार भाटभटेनीमा किनमेल गर्ने ग्राहकले दुई वटा नयाँ टाटा पञ्च ईभी (Tata Punch.ev) जित्ने अवसर पाउनेछन्।
देशभरका कुनै पनि भाटभटेनी स्टोरबाट एकपटकमा २५ सय रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहकहरू लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदको बिलका आधारमा ग्राहकको नाम दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेतालाई टाटा पञ्च ईभी उपहार प्रदान गरिनेछ। त्यसैगरी, भाटभटेनीमा सामान खरिद गरी 'नेपाल पे' (NepalPay) मार्फत क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्ने ग्राहकहरूमध्येबाट अर्को एक जना भाग्यशाली विजेताले पनि नयाँ टाटा पञ्च ईभी कार जित्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)