मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाडो छल्न आएका पानीचरा गणना

ekantipur.com · Sun Jan 02 01:19:40 GMT 2022

कपिलवस्तु — उच्च हिमाली भेगबाट मानिस भेडीगोठ लिएर बेंसी झरेका छन् । उधौली झर्ने यस याममा चरा पनि तल झर्छन् । जाडो छल्न तराईका खोलानाला र तालहरूसम्म चरा आउँछन् । यही मेसोमा चराविद्हरू पानीचराको गणनामा व्यस्त भएका छन् ।

मध्य–हिउँदमा सिमसार क्षेत्रमा पाइने चराको प्रजाति, संख्या घटबढ, विचरणका बानी, बासस्थान र आहारा उपलब्धताको अवस्था पत्ता लगाई संरक्षणका योजना बनाउन गणना थालिएको हो । वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा मुलकभर शनिबारबाट पानीचरा गणनाको काम भइरहेको छ । जलपक्षी गणना विश्वभर एकै पटक भइरहेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)