विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर
ratopati.com · Fri May 15 11:12:30 GMT 2026

काठमाडौँ । कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यहरू न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले रैदास दोषी ठहर हुने फैसला गरेको हो ।
रैदासबाट भ्रष्टाचार भएको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा असुलउपर गरी त्यति नै जरिवाना हुने फैसला भएको छ । साथै, उनलाई ६ महिना कैद सजाय हुने विशेषको फैसला छ । अपराधपीडित संरक्षण कोषमा १७ हजार ७३७ रुपैयाँ २३ पैसा दाखिला गर्नुपर्ने ठहर पनि अदालतले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)