विश्वकप लिग-२ : नेपाललाई थोरै राहत !
lokaantar.com
आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आफ्नो पछिल्लो खेलमा अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ६ विकेटले हराएको छ । यूएईको हारले अंक तालिकामा अगाडि बढ्न संघर्षरत नेपाललाई केही राहत भएको हो । जीतसँगै अमेरिका अंक तालिकाको पहिलो स्थानमा फर्किएको छ ।
अमेरिकाले यसअघि नै आईसीसी एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा स्थान पक्का गरिसकेको छ ।