‘टनेल २६’ वास्तविक टनेलभित्र सुटिङ भएको फिल्म हो: अभिनेता अनुप
ratopati.com · Tue Oct 06 06:26:32 GMT 2026

काठमाडौँ । अभिनेता अनुप विक्रम शाहीले ‘टनेल २६’ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको बताएका छन् । नेपाली फिल्ममा यसअघि खासै नदेखिएको विषयवस्तु फिल्ममा समेटिएको उनको भनाई छ । फिल्ममा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण रहेकाले दर्शकका लागि विशेष बन्न सक्ने उनी बताउँछन् ।
‘हामीले यसमा एउटा बिल्कुलै भिन्न कथा लिएका छौँ। यो जम्बी विधामा बनेको फिल्म हो । नेपाली फिल्म उद्योगको इतिहास हेर्दा पहिलोपटक हामीले जम्बी फिल्म बनाउने प्रयास गरेका छौँ’, शाहीले भने ‘त्यसैले विशेषगरी हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलर मन पराउने दर्शकलाई यो फिल्म अवश्य मन पर्छ ।’ भारत, भुटान र नेपालको सहकार्यमा निर्माण भएको ‘टनेल २६’ असोज २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)