करका मुद्दा फिर्ता लिने सुविधा फागुनसम्मलाई थपियो
nayapatrikadaily.com · Wed Jan 19 17:10:00 GMT 2022
राजस्व पुनरावलोकनका लागि करदाताले हालेको मुद्दा फिर्ता लिए थप दस्तुर, जरिवानालगायत शुल्क छुट दिने सुविधाको म्याद पुनः थपिएको छ। गत मंसिर मसान्तसम्मका लागि दिइएको सुविधालाई फागुन मसान्तसम्मका लागि थप गरिएको हो ।
सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै करसम्बन्धी मुद्दा फिर्ता लिने सुविधाका लागि म्याद थप गरेको हो । यसअघि सरकारले २९ मंसिरमा राजपत्रमा सूचना प्रकाशन गर्दै करसम्बन्धी मुद्दा फिर्ता लिने सुविधाका लागि एक महिना म्याद थप्दै पुस मसान्तसम्मलाई तोकेको थियो। सरकारले पुनः म्याद थप गर्दै फागुनसम्म यस्तो सुविधा दिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)