यूएईको फेरि हार, मिलिन्दको शतकमा अमेरिका लिग–२ को शीर्ष स्थानमा
setopati.com · Tue Oct 06 06:33:00 GMT 2026
मिलिन्द कुमारको शतकमा अमेरिकाले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा यूएईमाथि ६ विकेटको जित निकालेको छ। यूएईले दिएको ३३० रनको विशाल लक्ष्य अमेरिका ४८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै लिग–२ को शीर्ष स्थानको दौडलाई थप रोमाञ्चक बनाएको हो।
टस जितेर पहिले बलिङ रोजेको अमेरिकाविरुद्ध यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३० रन बनाएको थियो। यूएईका लागि मुहम्मद शाहदादले १०७ बलमा ११४ रन तथा तनिश सुरीले ७८ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)