कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा
annapurnapost.com · Tue Oct 06 06:34:41 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसभित्र विभाजन बढेको उल्लेख गर्दै उनले आगामी स्थानीय र प्रदेश निर्वाचनमा त्यसको प्रभाव देखिन सक्ने बताए । राठौरले पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने आफ्नो प्राथमिकता रहेको भन्दै देशभरका कांग्रेस कार्यकर्तालाई समान व्यवहार र अवसर सुनिश्चित गर्ने उल्लेख गरे । कांग्रेसभित्र बढेको अराजकता अन्त्य गरी पार्टीलाई मर्यादित बनाउने उनको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)