मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तेह्रथुममा करेन्ट लागेर एक जनाको मुत्यु

ekantipur.com · Sat Aug 19 01:44:20 GMT 2023

तेह्रथुम — तेह्रथुमको म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

घरको मूलढोका खोल्ने क्रममा विश्वकर्मालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)