‘जिम्बावे भ्रमण सिकाइ भयो’
annapurnapost.com · Sat Jul 08 00:48:06 GMT 2023
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले जिम्बावे भ्रमणमा आफूहरूले थुप्रै कुरा सिक्न पाएको बताएका छन्। आईसीसी विश्वकप छनोटको ग्लोबल छनोट खेलेर शुक्रबार स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोहितले जिम्बावेमा थुप्रै कुरा सिक्न पाएको बताएका हुन्।
‘जिम्बावे भ्रमणमा हामीले सोचेजस्तो नतिजा निकाल्न सकेनौं। तर, त्यहाँ रहँदा हामीले धेरै कुरा सिक्न पायौं’, उनले भने, ‘टेस्ट राष्ट्रसँग खेल्न पाउनु हाम्रा लागि ठूलो कुरा हो। उनीहरूको खेल हेरेर हामीले धेरै कुरा सिक्न पायौं।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)