मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता’

nepalnews.com · Mon Jun 08 06:19:02 GMT 2026

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उनको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर लैजान्छन् ।

आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित ५१ वर्षीय पौडेलले दुई दशकअघि भने वैदेशिक रोजगारीको सपना पछ्याउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो । विसं २०६३ मा अफगानिस्तान जान दलाललाई ऋण खोजेर दिएको तीन लाख रुपैयाँ डुब्यो, उनको विदेश जाने सपना पनि अधुरै रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)