मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभा निर्वाचन : आज दाबीविरोध र उजुरी दिन सकिने

baahrakhari.com · Tue Jan 09 00:28:17 GMT 2024

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)