वृद्धा महिलालाई भाडाको घरबाट निकालिँदा ढल्यो स्पेनको सरकार !
lokaantar.com

स्पेनमा ८७ वर्षीया एक वृद्ध महिलालाई उनको निवासबाट निकालिएको घटनाले उत्पन्न गरेको राष्ट्रव्यापी राजनीतिक तथा सामाजिक संकटले अन्ततः सरकार नै ढलाएको छ। बढ्दो महँगो घरभाडा र सर्वसाधारणलाई बिचल्ली बनाएर घरबाट निकालिने क्रमविरुद्ध हजारौं नागरिकहरू सडकमा उत्रिएपछि प्रधानमन्त्री पेद्रो सांचेजले निर्धारित समयभन्दा करिब आठ महिनाअगावै आमनिर्वाचनको घोषणा गरेका हुन् । स्पेनको निर्वाचन आयोगको कार्यतालिका अनुसार अब आगामी नोभेम्बर २९, २०२६ मा नयाँ संसद्का लागि मतदान हुनेछ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार घटनाक्रमको केन्द्रमा छिन् मड्रिडमा बस्दै आएकी ८७ वर्षीया मारिया डेल कार्मेन अबास्कल, जो गत सेप्टेम्बर २३ का दिन आफू करिब ७० वर्षदेखि बस्दै आएको घरबाट निकालिएकी थिइन् । अबास्कल परिवार दशकदेखि सो घरमा भाडा बस्दै आएको थियो । तर, सन् २०१८ मा घरका मालिकले सम्पूर्ण भवन एक रियल इस्टेट कम्पनीलाई बिक्री गरेपछि विवादको बीजारोपण भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)