क्यानाडासँगकाे वार्तामा हतार छैन : ट्रम्प
ratopati.com · Tue Oct 06 06:51:10 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न आफूलाई कुनै हतार नभएको बताएका छन्। उनले क्यानाडाले अमेरिकासँग वर्षौंदेखि अनुचित व्यवहार गरेको आरोप लगाउँदै भविष्यको व्यापार सम्झौताका लागि ओटावा वासिङ्टनसँग ‘इमानदार’ हुनुपर्ने बताए ।
अमेरिकी मध्यावधि चुनावअघि वार्ता पुनः सुरु हुन्छ कि हुँदैन भन्ने पत्रकारहरूको प्रश्नमा उनले तत्काल कुनै निर्णय नभएको स्पष्ट पारे। मरिन वनतर्फ प्रस्थान गर्नुअघि उनले क्यानाडाले अमेरिकासँग ‘धेरै नराम्रो व्यवहार’ गरेको बताउँदै वार्ता पुनः सुरु गर्ने समयसीमा तोकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)