प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित
khabarhub.com · Tue Oct 06 07:00:42 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह राठोरले आफ्नो क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अनावश्यक रूपमा लम्ब्याइएको आरोप लगाएका छन्।
काठमाडौँस्थित रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित कार्यक्रममा सभापतिको उम्मेदवारी घोषणा गर्दै राठोरले आफ्नो क्षेत्रमा कुनै विवाद नभए पनि प्रतिनिधि छनोटको प्रक्रिया लम्ब्याइएको दाबी गरे। आफ्नो सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकै कारण प्रतिनिधि छनोट रोकिएको उनको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)