बरामद सुन के गरिन्छ ?
annapurnapost.com · Wed Jul 26 01:00:57 GMT 2023
काठमाडौं : गत बुधबार त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुनको तौल अझै निक्र्योल भएको छैन। मोटरसाइकल र स्कुटरको ब्रेकसुमा लुकाएर ल्याइएको उक्त सुनको परिमाण थाहा पाउन सकिएको छैन। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुनलाई नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाइएको छ। सुन ८० देखि १०० केजी हुनसक्ने अनुमान गरिए पनि निश्चित तौल भने गरिएको छैन।
राष्ट्र बैंकको टक्सार महाशाखामा निर्देशक थानेश्वर आचार्यका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ। गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ। विभागको पत्र आएपछि मात्रै प्रक्रिया अघि बढाइने छ। अहिलेसम्म सुन गालेर परिमाण निकाल्नको लागि राजस्व विभागबाट पत्र आइसकेको छैन। राजस्व विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘पत्र विस्तारै जान्छ।’ यसलगत्तै अन्य सुनपनि बरामद भएकाले अनुसनधान भइरहेको छ। अनुसन्धान सकिएपछि गाल्ने प्रक्रियाका लागि पत्र लेख्छौं।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)