डिजिटल भिखारी: क्यूआर कोडबाट लिन्छन् भिख !
kharibot.com · Sun Feb 06 23:55:00 GMT 2022
काठमाडौँ । भारतको विहार राज्यको बेतियाह रेलवे स्टेशनमा आफ्नो घाँटीमा ई-वालेटको क्यूआर कोड झुण्ड्याएको यो तस्बिर आफैमा अद्वितीय छ ।
तपाईलाई अचम्म नलागोस् यी हुन् राजु नामका व्यक्ति एक भिखारी, जो बाल्यकालदेखि नै स्टेशनमा बस्छन् । सुरुदेखि नै उनले आफ्नो जीविकोपार्जनका लागि जनतासँग भिख माग्दै आएका छन् । उनले मानिसहरुले छुट्टा पैसा छैन भन्दै भिख नदिएपछि बैंकमा खाता खोलेको बताएका छन् । अहिले राजुले मानिसहरुसँग छुट्टा पैसा लिदैनन्, बरु क्यूआर कोड स्क्यान गरेर चाहेको पैसा दिन आग्रह गर्छन् । भिख माग्ने उनको यो अनौठो तरिका अहिले चर्चाको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)