दीपक भट्टका दुई मुद्दाको सुनुवाइ स्थगित
ratopati.com · Tue Oct 06 07:58:04 GMT 2026

काठमाडौँ । व्यवसायी दीपक भट्टकाे सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुर सम्बन्धी दुई वटा मुद्दाको सुनुवाइ स्थगित गरिएको छ । भट्टको मुद्दा मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, भट्टका कानुन व्यवसायीले निवेदन दिएसँगै सुनुवाइ स्थगित भएको छ ।
सम्पत्ति शुद्धिकरण तथा विदेशि बिनिमय (नियमित गर्ने) ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुर सम्बन्धी मुद्दामा थुनामा पठाउने विशेष अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउन दिएपछि भट्ट सर्वोच्च पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)