एनआईसी एसिया ठगी प्रकरण- २९ लाखको जमिनलाई २ करोड बनाइयो
newsofnepal.com · Thu Oct 05 00:36:39 GMT 2023
रौतहट । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित लिखतविपरीत एनआईसी एसिया बैंक गरुडाले रकम थपेर ऋणीलाई कर्जा प्रवाह गरेको खुलेको छ । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित लिखतमा लाखमा खरिद गरेको जमिनलाई एनआईसी एसिया बैंक गरुडाले केरमेट गरेर करोड बनाएर कर्जा प्रवाह गरेको खुलेको छ ।
सरकारी कार्यालयमा पेस भएको कागजमा आफैंले सच्याएर किर्ते गरेको आरोपसमेत लागेकोे छ । सेवाग्राहीसँगको मिलेमतोमा बैंक प्रबन्धकले मालपोतको लिखतमा आफैंले रकम थप गरेको पाइएको हो । चन्द्रपुर नगरपालिका–२ साविक जुडिबेला गाविस–८ को कित्तानम्बर ३ सय ७५ को ८ कट्ठा क्षेत्रफलको जमिन चिन्टु रायले ०७९ माघ २९ गते २९ लाख ५ हजारमा खरिद गरेको मालपोत कार्यालयको पारित लिखतमा उल्लेख छ भने सोही क्षेत्रफलको जमिनलाई एनआईसी एसिया बैंक गरुडाले ऋण स्वीकृत गर्न लिखतमा अगाडि आफैंले २ थपेर खरिद मूल्य २ करोड २९ लाख ५ हजार देखाई कर्जा प्रवाह गरेको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)