वीरगन्जमा नियन्त्रणमा आएन हैजा, २४ घन्टामा थप २१ जनामा संक्रमण पुष्टि
ekantipur.com · Tue Aug 26 17:11:00 GMT 2025

पर्सा — वीरगन्जमा हैजाको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । मंगलबार साँझसम्म थप २१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । योसँगै महानगरमा हैजा संक्रमितको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा संक्रमण दर घट्नुको साटो बढ्दै गएको छ । सोमबारसम्म ९३ जनामा हैजा देखिएको थियो ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म भएको आरडीटी परीक्षणबाट १ सय १४ जनामा हैजा पुष्टि भएको हो । संक्रमित पुष्टि भएकाहरू वीरगन्ज महानगरपालिका–३, ११, १२, १३ र १६ का छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)