युक्रेनसँग हतियारको अभाव, जेलेन्स्कीले अमेरिकासँग मागे एक हजार मिसाइल
kharibot.com · Fri Mar 25 23:45:00 GMT 2022
काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेको एक महिना बितिसकेको छ ।एक महिना लगातार रुसको आक्रमण जारी रहदा पनि युक्रेन हार भने मानेको छैन र रुस पनि पछि हट्न तयार देखिएको छैन । यो युद्धको कसरी हुन्छ भन्ने अनेकौं विश्लेषण भैरहेका छन् । युक्रेनले लगातार अन्तर्राष्ट्रिय समुदायमा रुसलाई कमजोर बनाउन अपिल गरिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र युरोपका नेताहरुमाथि रुसमाथि थप कडाई गर्न र दबाब बढाउन लगातार आग्रह गरिरहेका छन् । यसैबीच नेटोले ब्रसेल्समा युक्रेन
संकटलाई लिएर आपतकालीन बैठक गर्यो । यस बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनसहित नेटो देशका शिर्ष नेताहरुले सहभागिता जनाएका छन् । यस बैठकलाई सम्बोधन गर्दै बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले जवाफ दिने चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)