शेफोक्सुण्डोमा १ सय २० हिउँ चितुवा
ekantipur.com · Tue Aug 26 17:28:06 GMT 2025

सुर्खेत — शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा १ सय २० वटा हिउँ चितुवा भेटिएका छन् । निकुञ्जले झन्डै ५ महिना लगाएर क्यामेरा ट्र्यापिङ विधिबाट गरेको गणनामा निकुञ्जभित्र ९० र आसपासका राष्ट्रिय वनमा ३० वटा हिउँ चितुवा यकिन गरेको हो ।
निकुञ्जको संरक्षण क्षेत्रमा प्रति एक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व २.२ रहेको छ । हिउँ चितुवा गणनाका लागि वन क्षेत्रमा ६६ वटा स्थानमा क्यामेरा जडान गरिएको थियो । विश्वमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने गरिएको शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । आवश्यक आहारा प्रजाति झारल, घोरल र नाउरको संख्या वृद्धि हुँदा हिउँ चितुवाको संख्या पनि बढेको पाइएको उनको भनाइ छ । ‘हिउँ चितुवाको संख्या बढ्दा पर्यापर्यटनमा टेवा पुगेको छ,’ उनले भने, ‘निकुञ्जमा हिउँ चितुवाको घनत्व नेपालकै उच्च रहेको देखियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)