मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१५ दिने सूचनाका विषयमा लगानीकर्तासँग सेबोनको छलफल, आवश्यक निर्णय अध्यक्ष फर्किए पछि

arthasansar.com · Tue Oct 06 08:28:43 GMT 2026

सेबोनले ५ प्रतिशत वा सो भन्दा बढी सेयर बिक्री गर्दा १५ दिन अघि जानकारी दिनु पर्ने विषयमा नेपाल धितोपत्र बोर्ड र लगानीकर्ताहरु बीच छलफल भएको छ । मंगलबार सेबोन पुगेका लागानीकर्ताहरुले यो व्यवस्थाले सेयर बजार निकै प्यानिक भएको भन्दै लगानीकर्ताहरुले यो व्यवस्था हटाउनु पर्ने बताउँदै आएका छन् ।

विभिन्न लगानीकर्ता संघ–संस्थाका प्रतिनिधि तथा लगानीकर्ताले धितोपत्र बोर्ड पुगेर उक्त व्यवस्थाका कारण दोस्रो बजारमा परेको प्रभाव परेको भन्दै उक्त व्यवस्थामा करेक्सन गर्नु पर्ने बताएका थिए । छलफलमा नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, एसपी चापागाई, तिलक कोइराला, नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर बजार लगानीकर्ता संघका अध्यक्ष हरि बहादुर केसी लगायतका लगानीकर्ताहरु सहभागिता रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)