झापा प्रशासनका ७ सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने
canadanepal.com · Tue Oct 06 08:42:27 GMT 2026

भद्रपुर - जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थितिबिनै सात प्रकारका सेवा उपलब्ध गराउन थालेको छ । कार्यालयले मंगलबारदेखि ‘फेसलेस’ प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।
कार्यालयका अनुसार धार्मिक तथा सांस्कृतिक कार्यक्रम, राजनीतिक तथा सामाजिक कार्यक्रम, जातीय प्रमाणित सिफारिस, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड, राष्ट्रिय परिचयपत्रको अवस्था, राहदानीको अवस्था तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी सेवा अब कार्यालयमै उपस्थित नभई लिन सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)