सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता
reportersnepal.com · Tue Oct 06 08:53:12 GMT 2026

काठमाडौँ, २० असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३र८४ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । सोही अवसरमा सञ्चारसचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखले पनि कार्यसम्पादन सम्झौता गरे ।
त्यस अवसरमा सञ्चारसचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल), सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्यसम्पादन सम्झौता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)