महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी दर्ता
nepalnews.com · Tue Oct 06 09:26:06 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन् ।
महरले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताए । उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताएका छन् । महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)