मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस केन्द्रिय समिति बैठक जारी, आज बाँकी केन्द्रिय सदस्यले धारणा राख्ने

kendrabindu.com · Fri Jul 21 00:50:14 GMT 2023

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ। गत मंगलबारदेखी सुरु भएको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ। जसअनुसार आजको बैठक विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्दै आएको छ। हिजोको बैठकमा ३५ जना केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन्। आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले क्रमशः धारणा राख्ने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)