कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता
kendrabindu.com · Tue Oct 06 09:41:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दिएका हुन्।
कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि सोमबार उम्मेदवारी दर्ता भइरहेको छ। पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापतिको व्यवस्था प्रस्ताव गरिएको छ। नयाँ नेतृत्व चयनका लागि ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)