उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी
nepalnews.com · Tue Oct 06 09:48:28 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले उपसभापतिमा उम्मेदवारी दिएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भट्टराईले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिएका हुन्। खुलाबाट दुई जना उपसभापति निर्वाचित हुनेछन्।
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)