भतिजलाई गोली प्रहार गरेपछि काकाद्वारा आफैंलाई गोली हानि आत्महत्या
nepallive.com · Wed Oct 19 01:16:00 GMT 2022
काठमाडौं– झापामा एक पुरुषले आफैंले बोकेको पेस्तोलबाट गोली प्रहार गरी आत्महत्या गरेका छन्। गौरादह नगरपालिका वडा नम्बर ८ बैराती स्कुल अगाडि ती पुरुषले आफैंले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका हुन्।
आत्महत्या गर्ने गौरादह–८ का बिरन साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनले सुरुमा आफ्ना भतिजालाई गोली प्रहार गरेको र पछि आफूसँग भएको पेस्तोलबाट कञ्चटमा गोली हानेर आत्महत्या गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)