सहकारीले सदस्य पहिचान फाराम भराउनुपर्ने
gorkhapatraonline.com · Sun Jan 28 01:29:41 GMT 2024
काठमाडौँ, माघ १४ गते । देशभर रहेका सहकारी संस्थाले आफ्ना सदस्यलाई सदस्य पहिचान फाराम भराउनुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरूलाई सदस्य पहिचान फाराम भराउन निर्देशन जारी गरेको हो ।
सहकारीमा आबद्ध सम्पूर्ण सदस्यको सदस्य पहिचान फाराम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न विभागले निर्देशन जारी गरेको हो । सहकारी सङ्घ/संस्थाहरूको अनुगमन निरीक्षणमा सबै सदस्यको फाराम भरे/नभरेको समेत अनुगमन गरिने विभागले जनाएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ क, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ को नियम ४ र ५ तथा सहकारी विभागवाट सम्पति शुद्धीकरण निवारणसम्बन्धी सहकारी सङ्घ/संस्थालाई जारी गरिएको (तेस्रो संशोधनसहित) निर्देशन, २०७४ को दफा ३ अनुसार सहकारी सङ्घ/संस्थामा सदस्य हुन इच्छुक व्यक्तिको पहिचान तथा सम्पुष्टि गरेर मात्र सदस्य बनाउनुपर्ने व्यवस्था रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)