बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानलाई
Ujyaaloonline.com · Sun Jul 09 00:54:50 GMT 2023
काठमाण्डाै - बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जितेको छ । हिजो भएको दोस्रो खेलमा अफगानिस्तान १ सय ४२ रनले विजयी भयो । अफगानिस्तानले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।
पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालले सन्यास लिएका थिए । तर प्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनले लगत्तै सन्यास फिर्ता लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)