सत्तरी प्रतिशत नेपालीलाई घर खर्च चलाउनै धौंधौं
corporatenepal.com · Tue Oct 06 10:13:37 GMT 2026

काठमाडौं । ७० प्रतिशत नेपालीलाई घर खर्च चलाउन नै धौं–धौं हुने गरेको देखिएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनले तयार गरेको ‘होम एट ह्वाट कस्ट?’ नामक अनुसन्धानात्मक प्रतिवेदनले ७० प्रतिशत नेपालीलाई ऋण, भाडा लगायतका घर सम्बन्धी खर्च तिर्न कठिन भइरहेको देखाएको हो ।
उक्त संस्थाले विभिन्न २२ देशका जनतासँग यस सम्बन्धी अनुसन्धान गरेको थियो । उक्त अनुसन्धान तथा सर्वेक्षणमा सहभागी नेपाली नागरिक मध्ये ७० प्रतिशतले घर खर्च चलाउन गाह्रो भएको बताएका हुन् । २२ देशको औसत अनुपात भने ३४% मात्रै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)