अन्तरिक्षबाट आउने कण पत्ता लगाएका वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने
clickmandu.com · Tue Oct 06 10:23:26 GMT 2026

एजेन्सी । सन् २०२६ को भौतिकशास्त्रतर्फको प्रतिष्ठित नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मंगलबार उक्त निर्णयको घोषणा गरेको हो ।
अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनमा कार्यरत वैज्ञानिक हाल्जेनलाई अन्टार्कटिकाको दक्षिण ध्रुवस्थित ‘आइसक्युब न्युट्रिनो अब्जर्भेटरी’ निर्माणमा निर्णायक योगदान पुर्याएको तथा अन्तरिक्षबाट आउने उच्च–ऊर्जा ‘न्युट्रिनो’ कणहरू पत्ता लगाएको योगदानको कदर गर्दै यो पुरस्कार दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)