कम्पनी ऐन, २०६३ को दफा ५० कार्यान्वयन बिना तयारी भयो - संघ
arthasansar.com · Tue Oct 06 10:24:17 GMT 2026

नेपाल सेयरबजार लगानीकर्ता संघले कम्पनी ऐन, २०६३ को दफा ५० कार्यान्वयन बिना तयारी भएको बताएको छ । संघले सेबोनलाई पत्र पठाउँदै दफा ५० कार्यान्वयनका कारण सेयरबजारका लगानीकर्तामा नकारात्मक असर परेको गुनासो बढेको उल्लेख गर्दै बिना तयारीको परिणाम भएको जनाएको हो ।
बोर्डलाई ध्यानाकर्षण गराउँदै कानूनी प्रावधानको पालना गर्नुपर्ने भए पनि करिब २० वर्षसम्म कार्यान्वयन नभएको व्यवस्था बिना पर्याप्त तयारी र प्रभाव मूल्यांकन हठात् लागू गरिएको संघको भनाइ छ । सेबोनले २०८३ भदौ ९ गते चलानी नम्बर ४९९ को पत्रमार्फत सबै सूचीकृत कम्पनीलाई कम्पनी ऐनको दफा ५० को प्रावधान पालना गर्न निर्देशन दिएको संघको पत्रमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)