राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठाउँमा देखाउनुस्, तपाईंको ठाउँ जेलमा हो
ratopati.com · Tue Oct 06 10:25:52 GMT 2026

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो समयदेखि जारी मुद्दामा एक निजी कम्पनीको बक्यौता रकम तिर्ने प्रतिबद्धता पूरा नगरेपछि अभिनेता राजपाल यादवलाई चेतावनी दिएको छ ।
प्रधानन्यायाधीश सूर्यकान्त, न्यायाधीश जोयमाल्या बागची र न्यायाधीश वी. मोहनाको इजलासले गत सेप्टेम्बर १५ मा यादवलाई दुई हप्ताको अन्तिम समय दिँदै रकम भुक्तानीको ठोस प्रस्ताव ल्याउन र अदालतको रजिस्ट्रीमा २ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको थियो । सोमबार भएको सुनुवाइमा दुई हप्ताको अवधि सकिँदा पनि अक्टोबर ५ सम्म कुनै भुक्तानी नभएको भन्दै अदालतले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)